काठमाडौँ । नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै ११९ रन बनाएको हो ।
नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले । सन्दीप जोराले सर्बाधिक ५० रन बनाए भने गुलशन झाले २० तथा करण केसीले १७ रन बनाए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो बलमा नै कुशल भुर्तेलको विकेट गुमाएर दबाबमा आएका नेपाली ब्याट्सम्यान अन्त्य सम्मनै दबाबमा देखिएका थिए ।
त्यसैगरी युएईका बलर जुनैद सिद्धिकी, अली नासेर र बासील हमीदले २-२ विकेट लिए भने ओमिद शफी रहमान, आयान खान र मुहमद फारुकले एक एक विकेट लिएका थिए ।
नेपालको प्लेइङ ११: कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी
बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी
यूएईको प्लेइङ ११ : मोहम्मद वासिम (कप्तान), आयन खान, एलिशान शराफु, अली नासिर, आसिफ खान, बासिल हामिद, जुनैद सिद्दिक, मोहम्मद फारुक, मोहम्मद हैदर शाह, ओमैद रहमान, र विष्णु सुकुमारान ।
बेन्च : राहुल भाटिया, राजा अकिफ, टानिश सुरी
















