Khabar Board
Flash logo up side
flash header

सेमिफाइनलमा यूएईसँग हारेपछि यस्तो भन्छन् कप्तान रोहित कुमार पौडेल

Nirbachan m

काठमाडौं । एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ। शुक्रबार ओमानमा भएको पहिलो सेमिफाइनल खेलमा नेपालमाथि युएईले ६ विकेटको जित निकाल्यो।

Center article

पराजयसँगै एसिया कप २०२५ मा पुग्न असफल भएको नेपालका कप्तान रोहितकुमार पौडेलले युएईले राम्रो बलिङ गर्दै परिस्थितिको फाइदा उठाएको बताए।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा मात्र ११९ रन जोडेको थियो। जसमा सन्दीप जोराले ५० रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भएका थिए। नेपालले दुवै ओपनरलाई पावरप्लेमा गुमाएको थियो।

‘युएईले पावरप्लेमा धेरै राम्रो बलिङ गर्‍यो। उनीहरुले कन्डिसनको फाइदा उठाउन सफल भए। त्यसैले श्रेय युएईका बलरलाई जान्छ। त्यसमा पनि विशेषगरी तीव्र गतिका बलरलाई श्रेय दिनु पर्छ,’ रोहितले खेलपछिको प्रिजेन्टेसनमा भने, ‘हामीले पनि गतिलो साझेदारी गर्न सकेनौं। तर पनि सन्दीप जोराले त्यो परिस्थितिमा ब्याटिङ गर्न सफल भए। समग्रमा भन्नु पर्दा युएईले राम्रो बलिङ गर्‍यो। हाम्रो समस्या ब्याटिङमा देखियो।’

उनले खेलमा टसको जित-हार भन्दा पनि परिस्थितिको फाइदा उठाउने कुरा महत्वपूर्ण रहेको बताए। ‘हामीले घरेलु मैदानमा युएईविरुद्ध राम्रो खेलेका थियौं। घरेलु मैदानमा हाम्रो लक्ष्य नै जित हुन्छ। तर आज भने युएईले राम्रो खेल्यो। खेलमा टस-जित हार भन्दा पनि युएईले परिस्थितिको सदुपयोग गर्न सफल भयो।’ युएईका कप्तान मोहमद वासीमले आफ्ना बलरले उत्कृष्ट बलिङ गरेकोमा धन्यवाद दिए।

 

यो पनि ; सेमिफाइनलमा यूएईसँग हारेपछि नेपालको ‘एसिया कप २०२५’ खेल्ने सपना चकनाचुर

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.