Khabar Board
Flash logo up side
flash header

चेन्नईले दियो लखनाउलाई बलियो लक्ष्य, धोनीको उत्कृष्ट फिनिशिङ

Nirbachan m

काठमाडौं । अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकको सहयोगमा चेन्नई सुपर किंग्सले १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल)को ३४ औं खेलमा लखनाउलाई १ सय ७७ रनको लक्ष्य दिएको छ ।

लखनाउको घरेलु मैदानमा टस हारेर ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

चेन्नईका लागि जडेजाले ४० बलमा ५ चौका र १ छक्काको सहयोगमा अविजित ५७ रनको अर्धशतकीय ईनिङ खेले । ओपनर अजिंका राहाणेले २४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३६ रन बनाए । मोईन अलिले २० बलमा ३ छक्काको सहयोगमा ३० तथा महेन्द्रसिंह धोनीले ९ बलमा ३ चौका र २ छक्काको सहयोगमा अविजित २८ रन बनाए ।

Center article

कप्तान ऋतुराज गायकवाडले १३ बलमा १७ रन बनाए ।

लखनाउका लागि कुर्नाल पान्ड्याले दुई तथा मोहसिन खान, एस ठाकुर, रवि बिष्नोइ र मार्कस स्टोईनेसले समान एक एक विकेट लिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.