काठमाडौं । मलेसियामा आयोजना हुने मलेसियन सुपर कप २०२४ मा नेपालले सहभागीता जनाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक विज्ञप्ती मार्फत सो जानकारी गराएको हो ।
क्यानका अनुसार कप्तान ईन्दु बर्मा, पुर्व कप्तान रुबिना क्षेत्री, सिता रानामगर, पुजा महतो, कविता कुवँर र अस्मिना कर्माचार्यले सहभागीता जनाउने छन् ।
सुपर लिग २४ अप्रिलबाट ५ मेसम्म आयोजना हुनेछ । नेपाली महिला टिम एसिया कप सहभागीताको तयारीमा रहेको छ ।