आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै, यस्तो छ दुवै टोलीकाे हेड टु हेड नतिजा

Image

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । दिल्लीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा अहिलेसम्म दिल्ली क्यापिटल्सले ७ खेलमा ३ जित र ४ हार बेहोरेको छ र ६ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै सनराइजर्स हैदरावादले ६ खेलमा चार जित र २ हारसहित ८ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।

दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आइपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आइपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ ।

त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ । दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

त्यस्तै सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स उमरान मलिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप, हेइनरिक क्लासेन जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।

हेड टु हेड 

आईपीएलको इतिहासमा दिल्ली र हैदरावादबीचको हेड टु हेड रेकर्डको कुरा गर्दा यी दुई टोलीबीच अहिलेसम्म कडा प्रतिस्पर्धा भएको छ ।दुवै टोलीले अहिलेसम्म २३ पटक एकअर्काविरुद्ध मैदान उत्रेका छन् । जसमध्ये दिल्लीले ११ खेल जितेको छ भने २०१६ च्याम्पियन हैदरावादले १२ खेल जितेको छ । अरुण जेटली स्टेडियममा दिल्ली र हैदरावादबीच हालसम्म ६ खेल भएका छन्, जसमध्ये हैदरावादले ५ र दिल्लीले एउटा मात्र जितेको छ । तर पछिल्ला पाँच खेलमा दिल्लीले तीन र हैदरावादले एउटा मात्रै जित निकालेको छ ।

सम्भावित प्लेइङ-११ :

दिल्ली क्यापिटल्स: पृथ्वी शा, डेभिड वार्नर, ऋषभ पन्त (विकेटकिपर/कप्तान), ट्रिस्टन स्टब्स, अक्षर पटेल, जेक फ्रेजर-म्याकगुर्क, कुलदीप यादव, मुकेश कुमार, इशान्त शर्मा, खलील अहमद, एनरिक नोर्टजे।

सनराइजर्स हैदरावाद: मयंक अग्रवाल, ट्राभिस हेड, अभिषेक शर्मा, एडेन मार्कराम, हेनरिक क्लासेन (विकेटकिपर), अब्दुल समद, शाहबाज अहमद, प्याट कमिन्स (कप्तान), भुवनेश्वर कुमार, मयंक मार्कंडे, टी नटराजन।