हङकङविरुद्ध नेपालले टस जित्यो

Image

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप २०२४ को तेस्रो स्थानको लागि हुन लागेको खेलमा हङकङविरुद्ध नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहितकुमार पौडेले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपालले युएई विरुद्ध सेमिफाइनल खेलमा हार बेहोरेको प्लेइङ-११ मा कुनै पनि परिवर्तन नगरी सोही टोली रहेको छ ।

एशिया कप पुग्ने सम्भावना सकिएपनि आजको खेलको विजेता एसिसि इमर्जिङ एशिया कपमा छनोट हुनेछ । इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तानको ए टोलीको सहभागिता रहनेछ ।

नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी