काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । कुशल भुर्तेल शून्य रन बनाएर आउट भएका हुन् ।
हङकङ विरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको हो। उनलाई हङकङका आयुष शुक्लाले जिशन अलीबाट क्याच आउट गराएका हुन्। सेमीफाइनल खेलमा भूर्तेल रोयल डक भएका थिए।
नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।
बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी


















