हङकङविरूद्ध नेपालले गुमायो तेस्रो विकेट, आशिफ आउट

Image

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । आशिफ शेख ११ बलमा मात्र ५ रन बनाएर आयुश शुक्लाको बलमा आउट भएका हुन् ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले ४.५ ओभरमा ३२ रन बनाएको छ । नेपालले  दोस्रो विकेटका रुपमा सोमपाल कामी १२ रन बनाएर आयुश शुक्लाको बलमा आउट भए ।

पहिलो विकेट पहिलो ओभरमै कुशल भुर्तेल शून्य रन बनाएर आउट भए । हङकङका आयुष शुक्लाले जिशन अलीबाट क्याच आउट गराए। सेमीफाइनल खेलमा भूर्तेल रोयल डक भएका थिए।

नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी