नेपाललाई दोस्रो झट्का

Image

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । सोमपाल कामी १२ रन बनाएर आयुश शुक्लाको बलमा आउट भएका हुन् ।

नेपालले २.३ ओभरमा १६ रन बनाएको छ । हङकङ विरूद्ध टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमाएको हो। उनलाई हङकङका आयुष शुक्लाले जिशन अलीबाट क्याच आउट गराएका हुन्। सेमीफाइनल खेलमा भूर्तेल रोयल डक भएका थिए।

नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी