नेपालले चौथो विकेट गुमायो

Image

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल १९ बलमा मात्र २१ रन बनाएर अतिक इक्बालको बलमा आउट भएका हुन् ।

खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । नेपालले ७.५ ओभरमा ५० रन बनाएको छ । आशिफ शेख ११ बलमा मात्र ५ रन बनाएर आयुश शुक्लाको बलमा आउट भए ।

सोमपाल कामी १२ रन बनाएर आयुश शुक्लाको बलमा आउट भए । पहिलो विकेट पहिलो ओभरमै कुशल भुर्तेल शून्य रन बनाएर आउट भए । हङकङका आयुष शुक्लाले जिशन अलीबाट क्याच आउट गराए। सेमीफाइनल खेलमा पनि भूर्तेल रोयल डक भएका थिए।

नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी