Khabar Board
Flash logo up side
flash header

दीपेन्द्रको उत्कृष्ट ‘फिनिसिङ’ मा नेपालद्वारा हङकङलाई मध्यम लक्ष्य

Nirbachan m

काठमाडौँ। दीपेन्द्रसिंहले अन्तिम ओभरमा २० रन प्रहार गरेसँगै नेपालले एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि हङकङलाई १४० रनको लक्ष्य दिएको छ।

Center article

अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो । नेपालका दीपेन्द्रले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए । अन्तिम ओभरमा दीपेन्द्रले अजिज खानलाई दुई चौका र दुई छक्कासहित कुल २० रन प्रहार गर्दै जितको आशा बचाएका थिए ।

सन्दीप जोराले २३ बलमा १ चौकासहित सर्वाधिक २२ रन बनाए । शुक्रबार सेमिफाइनल खेलमा युएईसँग ११९ रन बनाउँदै एसिया कप खेल्ने अवसर गुमाएको नेपालले हङकङविरुद्ध पनि राम्रो प्रदर्शन गर्न सकेन ।

लगातार तेस्रो खेलमा शून्यमा आउट हुनेक्रममा ओपनर कुशल भुर्तेल तीव्र गतिका बलर आयुश शुक्लाको पहिलो ओभरको दोस्रो गुड लेन्थको बलमा एज लागेर विकेटकिपर जिशान अलीबाट समातिए । तेस्रो नम्बरमा सरप्राइज रुपमा आएका सोमपाल कामी ७ बलमा २ चौकासहित १२ रनमा शुक्लाकै बलमा क्याच आउट हुन पुगेका थिए ।

आशिफ शेख शुक्लाको पाँचौं ओभरको पाँचौं बलमा खराब सट खेल्दै ५ रनमा निजकात खानबाट क्याच हुँदा नेपाल ३२–३ को अवस्थामा थियो । कप्तान रोहित पौडेल अतिक इकबालको आठौं ओभरको पाँचौं बलमा रोहित २१ रनमा एलबीडब्लू आउट भए । रोहितले १९ बलमा २ चौका प्रहार गरे ।

कुशल मल्ल स्पिनर यासिम मुर्तजालाई १२ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा लङअनमा निजाकत खानबाट १३ रनमा क्याच आउट भएपछि बलियो योगफलको सम्भावना टाढिएको थियो ।

१४ औं ओभरको तेस्रो बलमा सन्दीप जोरा र चौथो बलमा गुलशन झा ६ रनमा लगातार रन आउट भएपछि नेपाल ८७–७ को अवस्थामा पुगेको थियो । हिटर करण केसी स्पिनर एहसान खानको बलमा ३ रनमा एलबीडब्लू आउट भए ।

हङकङका आयुश शुक्लाले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । अतिक इकबाल, यासिम मुर्तजा र एहसान खानले १–१ विकेट लिए ।

नेपालको प्लेइङ–११ : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.