काठमाडौँ । म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो । योसँगै उपाधिका लागि शीर्ष स्थानको भिडन्त रोचक बनेको छ ।
अब एफए कपको फाइनल म्यानचेस्टर डर्बी हुने भएको छ । आगामी मे २५ मा हुने फाइनल खेलमा म्यानचेस्टरका दुई प्रतिद्वन्दी युनाइटेड र सिटी भिड्ने भएका छन् ।