काठमाडौँ। कप्तान ऋतुराज गायकवाडको शतकसँगै साविक विजेता चेन्नई सुपर किंग्सले २११ लखनउ सुपर जायन्ट्सलाई रनको लक्ष्य दिएको छ।
१७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ३९ औं खेलमा कप्तान गायकवाडको शतकको सहयोगमा चेन्नई सुपर किंग्सले लखनाउ सुपर जायन्ट्सलाई २ सय ११ रनको लक्ष्य दिएको छ ।
घरेलु मैदान एम ए चिदम्बरम क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो ।
चेन्नईका लागि ओपनर समेत रहेका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्काको सहयोगमा अविजित १ सय ८ रनको शतकीय ईनिङ खेले । आइपीएल करियरको देस्रो शतक गायकवाडले ५६ बलमा पुरा गरेका थिए ।
शिभम दुवेले २८ बलमा ३ चौका र ७ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । चौथो विकेटका लागि गायकवाड र दुबेले ४६ बलमा १ सय ४ रनको साझेदारी गरे । रविन्द्र जडेजाले १९ बलमा १७ तथा ड्यारियल मिचेलले १० बलमा ११ रन बनाए ।
लखनाउका लागि मोहसिन खान, यश ठाकुर तथा म्याट हेनरीले समान एक एक विकेट लिए । यस संस्करणमा यि दुई टोलीबीचको यो दोस्रो खेल हो । पहिलो खेलमा लखनाउले चेन्नईलाई पराजित गरेको थियो ।