Khabar Board
Flash logo up side
flash header

बेंगलुरुद्वारा हैदराबादलाई बलियो लक्ष्य

Nirbachan m

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग(आइपीएल) को ४१ औं खेलमा सनराईजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेंगलुरुबाट २ सय ७ रनको लक्ष्य पाएको छ ।

Center article

हैदराबादको घरेलु मैदान राजिब गान्धि क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको बेंगलुरुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ६ रन बनायो ।

बेंगलुरुका लागि रजत पाटीदार तथा विराट कोहलीले अर्धशतकीय ईनिङ खेले । पाटीदारले २० बलमा २ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए । कोहलीले ४३ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५१ रन बनाए ।

कोहली र पाटीदारले तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे । क्यामरुन ग्रीनले २० बलमा ५ चौकाको सहयोगमा अविजित ३७ रन बनाए । कप्तान फाफ डु प्लेसिसले १२ बलमा ३ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । स्वप्निल सिंहले ६ बलमा १२ तथा दिनेश कार्तिकले ५ बलमा ११ रन बनाए ।

हैदराबादका लागि जयदेव उन्नादकडले तीन तथा टि नटराजनले दुई विकेट लिए । मंयक मारकन्डे र प्याट कंमिन्स समान एक एक विकेट लिए । जारी संस्करणमा दुई टोली दोस्रो पटक आमने सामने भएका हुन् । अघिल्लो भेटमा हैदराबादले बेंगलुरुलाई पराजित गरेको थियो ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.