काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो ट्वान्टी–२० खेलमा नेपालका कमलसिंह ऐरीले पहिलो सफलता दिलाएका छन् ।
टस जितेर फिल्डिङमा आएको नेपालबाट पहिलो ओभर बलिङका लागि आएका कमलले अन्तिम बलमा वेस्ट इन्डिजका जोन्सन चार्ल्सलाई बोल्ड गरेका हुन् ।
जारी खेलको एक ओभर समाप्त हुँदा वेस्ट इन्डिजले एक विकेट गुमाएर १६ रन बनाएको छ ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा
बेन्च – आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख .
वेस्ट इन्डिज ए : जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस