काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध दोस्रो सफलता हासिल गरेको छ । आन्द्रे फ्लेचर १३ रन बनाएर रन आउट भएका हुन् । आउट हुनअघि उनले ५ बलमा २ छक्का प्रहार गरे ।
वेस्ट इन्डिजले ३.२ ओभरमा ४३ रन बनाएको छ । यसअघि कमलसिंह ऐरीले वेष्ट इन्डिज ‘ए’ का जोन्सन चाल्र्सलाई पहिलो ओभरको अन्तिम बलमा बोल्ड आउट गरेका थिए । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।
नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा
बेन्च – आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख .
वेस्ट इन्डिज ए : जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस