वेस्ट इण्डिज ‘ए’ विरुद्ध नेपाललाई तेस्रो सफलता, रोहितले लिए महत्वपूर्ण विकेट

Image

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध तेस्रो सफलता हासिल गरेको छ । नेपालका कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए का एलिक अथानाजलाई आउट गरेका हुन् । उनी २५ बलमा ४७ रन बनाएर आउट भएका छन् ।

यस अघि नेपालले रनआउटको रुपमा दोस्रो विकेट प्राप्त गरेको थियो भने कमल सिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका थिए । वेस्ट इन्डिज ए का  जोन्सन चर्लेज शुन्यमा आउट भएका थिए भने आन्द्रे फ्लेचर १३ रन बनाएर आउट भएका छन् । यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ७ ओभरमा ३ विकेट गुमाएर ८७ रन बनाएको छ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा

बेन्च – आसिफ शेख, सन्दीप जोरासोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकालविनोद भण्डारी, लोकेश बम र आरिफ शेख .

वेस्ट इन्डिज ए : जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस