Khabar Board
Flash logo up side
flash header

वेष्ट इन्डिज ‘ए’ को अर्को महत्वपूर्ण विकेट पतन, अविनासले दिलाए चौथो सफलता

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध चौथो सफलता हासिल गरेको छ । किसी कार्टी ३८ रन बनाएर रन आउट भएका हुन् । आउट हुनअघि उनले २६ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

वेस्ट इन्डिजले १४.२ ओभरमा १ सय ४६ रन बनाएको छ । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

यातायात कार्यालय हेटौँडा

नेपाल र वेस्ट इन्डिजबिच पाँच खेल टी–२० खेलको शृङ्खला खेलिने कार्यक्रम रहेको छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा

बेन्च – आसिफ शेख, सन्दीप जोरासोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकालविनोद भण्डारी, लोकेश बम र आरिफ शेख .

वेस्ट इन्डिज ए : जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.