Khabar Board
Flash logo up side
flash header

लखनउलाई पराजित गरेसँगै राजस्थान प्लेअफ नजिक

काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफ स्थान लगभग पक्कापक्की गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ ।

१९७ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । कप्तान सञ्जु सामसन ३३ बलमा ७ चौका र ४ छक्कासहित ७१ रनमा नट आउट रहँदै प्लेयर अफ द म्याच चुनिए ।

यातायात कार्यालय हेटौँडा

ध्रुब जुरेल ३४ बलमा ५ चौका र २ छक्कासहित ५२ रनमा नटआउट रहँदा यशस्वी जैसवाल २४, जस बटलर ३४ र रियान पराग १४ रनमा आउट भए । लखनउका यश ठाकुर, मार्कस स्टोइनिस र अमित मिश्राले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लखनउले २० ओभरमा ५ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । लखनउका लोकेश राहुलले ४८ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाए ।

दीपक हुडा ३१ बलमा ७ चौकासहित ५०, क्विन्टन डि कक ८, मार्कस स्टोइनिस शून्य, निकोलस पुरन ११, आयुश बदोनी १८ र क्रुनाल पाण्ड्यले १५ रन जोडे ।

राजस्थानका सन्दीप शर्माले २, ट्रेन्ट बोल्ट, आवेश खानर रवीचन्द्रन आश्विनले एक/एक विकेट लिए । राजस्थान ९ खेलमा ८ मा जित र १ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ । बाँकी ५ मध्य एक खेल जित प्लेअफ खेल्न पक्का हुनेछ ।

लखनउ ९ खेलमा ५ मा जित र ४ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । समान ८ खेलमा १०/१० अंक भए पनि कोलकाता दोस्रो र हैदराबाद तेस्रो स्थानमा छन् । दिल्ली १० खेलमा १० अंकका साथ पाँचौं स्थानमा छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.