Khabar Board
Flash logo up side
flash header

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले टस हार्यो, प्लेइङ–११ मा पाँच खेलाडी परिवर्तन

Nirbachan m

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ए बीच दोस्रो टि२० खेल आज हुँदैछ । वेस्ट इन्डिज ‘ए’ ले ५ टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

Center article

वेस्ट इन्डिजले टस जितेर पहिलो ब्याटिङ गर्दैछ । नेपालले पहिलो फिल्ड गर्नेछ । नेपाली टोलीले पहिलो खेलबाट ५ परिवर्तन गरेको छ । लोकेश बम, आरिफ शेख, सोमपाल कामी, आकाश चन्द र सागर ढकालले आज खेल्दैछन् ।

यस्तै शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९‍.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।

पहिलो खेलको प्रदर्शनले नेपाली टोलीको मनोबल उच्च छ तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।

नेपालको प्लेइङ ११  : रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, आकाश चन्द, लोकेश बम, सागर ढकाल

वेस्ट इण्डिज ‘ए’ को प्लेइङ–११  : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसेन थोमस र हेडन वाल्स ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.