Khabar Board
Flash logo up side
flash header

नेपाललाई तेस्रो सफलता, कुशल भुर्तेलले लिए विकेट

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो ट्वान्टी–२० खेलमा नेपाललाई कुशल भुर्तेलले तेस्रो सफलता दिलाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको वेस्ट इन्डिजका कप्तान रोस्टन चेजलाई आइतबार कुशलले आउट गरेका हुन् । कुशलले ९.६ ओभरमा चेजलाई बोल्ड गरेका हुन् । जारी खेलको १० ओभर समाप्त हुँदा वेस्ट इन्डिज ‘ए’ ले तीन विकेट गुमाएर ६४ रन बनाएको छ ।

यातायात कार्यालय हेटौँडा

नेपालले यसअघि रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ विरुद्ध चार विकेटको जित निकालेको थियो । आजको खेलमा रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाल सोही लयलाई निरन्तरता दिने लक्ष्यमा छ ।

नेपाली टिममा आज लोकेश बम, सोमपाल कामी, आरिफ सेख, सागर ढकाल आकाश चन्दले प्लेइङ–११ मा मौका पाएका छन् । उनीहरु विवेक यादव, कमलसिंह ऐरी, ललितनारायण राजवंशी, प्रतिश जिसी र अभिनाश बोहराको स्थानमा मौका पाएका हुन् ।

पहिलोपटक नेपाल भ्रमणमा आएको वेस्ट इन्डिजले घरेलु टिमसँग पाँच खेलको ट्वान्टी–२० शृंखला खेल्ने तालिका छ । ट्वान्टी–२० विश्वकपको तयारीका लागि आयोजित यो शृंखलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । आजको खेलपछि शृंखलाको तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौँ तथा अन्तिम खेल शनिबार हुने तालिका छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.