Khabar Board
Flash logo up side
flash header

आईपीएलमा बैंगलुरुको लगातार दोस्रो जित, प्लेअफको आशा जीवितै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबार दिउँसो भएको पहिलो खेलमा खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई हराएको छ ।

बैंंगलुरुले सिजनको लगातार दोस्रो जित निकाल्ने क्रममा विल ज्याक्सले ५१ बलमा शतक बनाए । टोलीले सिजनको ४५ औँ खेलमा गुजरात टाइटन्सलाई ९ विकेट हराएको हो । यस जीतपछि बैंगलुरुले प्लेअफमा पुग्ने आशा कायमै राखेको छ । बैंगलुरुले २०१ रनको चुनौती १६ ओभरमा १ विकेट गुमाउँदै भेट्टायो ।

यातायात कार्यालय हेटौँडा

यो आईपीएलमा सबैभन्दा कम ओभरमा २०० भन्दा माथिको चुनौती भेट्टाएको रेकर्ड पनि हो । बैंगलुरुका लागि विल ज्याक्सले ४१ बलमा शतक बनाए । विराट कोहलीले ४४ बलमा ७० रनको योगदान दिए । यी दुई खेलाडीले ४४ बलमा १६६ रनको साझेदारी गरे ।

यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले टस जितेर पहिले फिल्डिङ गरेको थियो । गुजरातले २० ओभरमा ३ विकेट गुमाउँदै २०० रन बनायो ।

साई सुदर्शनले ८४ रनको योगदान दिए । शाहरुख खानले ५८ रनको अर्धशतकीय पारी खेले । डेभिड मिलरले २६ रन बनाए । आरसीबीका लागि मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र स्वप्निल सिंहले १-१ विकेट लिए ।

यो जितपछि आरसीबी १० खेलबाट ६ अंकसहित तालिकाको अन्तिममै छ । उता गुजरात भने १० खेलबाट ८ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.