हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित, अंक तालिकामा सिधै तेस्रो स्थानमा उक्लियो

Image

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सले उत्कृष्ट जित दर्ता गरेको छ ।

आइतबार राति भएको खेलमा हैदरावादलाई चेन्नईले ७८ रनले पराजित गरेको हो । २१३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावादले १८.५ ओभरमा अलआउट हुँदै १३४ रन बनायो ।

उसका लागि एडेन मार्करामले ३२, हेनरिक क्लासेन २० र अब्दुल समदले १९ रनको योगदान दिए । हैदरावादका अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।

चेन्नईका लागि तुषार देशपाण्डेले चार विकेट लिए । भने मथीशा पाथिराना र मुस्ताफिजुर रहमानले समान दुई/दुई विकेट लिए ।

त्यसअघि एम ए चिदंबरम स्‍टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

कप्तान ऋतुराज गायकवाडको आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ९८ रन बनाए। ५४ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे।

डैरियल मिचेल ५२ र अजिंक्य रहाणे ९ रनमा आउट हुँदा शिवम दुबे ३९ र महेन्द्रसिंह धोनी ५ रनमा अविजित रहे। हैदरावादका भुवनेश्वर कुमार, थंगारसु नटराजन र जयदेव उनादकटले समान एक/एक विकेट लिए ।

चेन्नईको ९ खेलमा पाँचौँ जित थियो । टोलीको १० अङ्क छ । नेट रन रेटका आधारमा टोली अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । समान अङ्कसहित हैदराबाद चौथो स्थानमा छ ।