वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता

Image

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ ।  चौथो ओभरको पहिलो बलमा वेस्ट इन्डिज ‘ए’ का एलिक अथान्जे रन आउट भएका हुन् । उनी १० बलमा २७ रन जोडेर आउट भए ।

जारी टि २० सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गरेको हो । टीयू क्रीकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । यो खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गरेका छन् । यो खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएको छ ।

नेपाली टोली : अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।

वेस्ट इन्डिज ‘ए’ टोली : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, र हेडन वाल्स ।