काठमाडौं । वेस्टइन्डिज ए ले तेस्रो टी-२० खेलमा घरेलु टोली नेपालविरुद्ध उत्कृष्ट सुरुवात गरेकोछ ।त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले १० ओभरमा १ विकेट गुमाउँदै १०९ रन बनाएको छ ।
वेस्टइन्डिजका जोनसन चाल्र्स ३३ बलमा ७ चौका र ५ छक्कासहित ६८ रनमा क्रिजमा छन् ।आन्द्रे फ्लेचचर १७ बलमा १ चौका र १ छक्कासहित २२ रनमा नट आउट छन् । ओपनर एलिक एथानाजे भने १७ रनमा ट आउट भएका थिए ।
जारी टि २० सिरिजको तेस्रो खेलमा नेपालले टस हारेर पहिला फिल्डिङ गरेको हो । टीयू क्रीकेट मैदानमा नेपालविरुद्द वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो । यो खेलमा दीपेन्द्रसिंह ऐरीले कप्तानी गरेका छन् । यो खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएको छ ।
नेपाली टोली : अनिल शाह, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, करण केसी, विवेक यादव, कमल सिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।
वेस्ट इन्डिज ‘ए’ टोली : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, र हेडन वाल्स ।