काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ । वेस्ट इन्डिज ‘ए’ ले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३६ रन जोड्दा पहिलो विकेट गुमाएको हो ।
विकेटकिपर ब्याट्सम्यान विनोद १५ बलमा चार चौकाको मद्दतले १९ रन बनाउँदै आउट भए । उनलाई क्यारेबियन टोलीका बलर फाबियन एलनले ह्याडेन वाल्सद्वारा क्याच गराएका हुन् । चौथो ओभरको अन्तिम बलमा विनोद आउट हुँदा नेपालले ३६ रन बनाएको छ ।