काठमाडौँ । तेस्रो टी–२० क्रिकेटमा बुधबार वेस्ट इन्डिजले दिएको दुई सय २८ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ ।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको तेस्रो खेलमा पनि मौका पाएका अनिलकुमार साह फेरि सस्तैमा आउट भएका छन्। अनिललाई क्यारेबियन बलर गुडाकेश मोटीले कप्तान रोस्टन चेजद्वारा क्याच गराएका हुन् ।
पेभेलियन फर्किनुअघि अनिलले १० बलको सामना गरी दुई छक्काको मद्दतले १४ रन बनाएका थिए । ६.४ ओभरमा अनिल आउट हुँदा नेपालले ५१ रन बनाएको छ ।