Khabar Board
Flash logo up side
flash header

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

Nirbachan m

काठमाडौं । पञ्जाब सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ४९औं खेलमा चेन्नाइ सुपर किंग्समाथि ७ विकेटको सहज जित हात पारेको छ ।

Center article

१६३ रनको लक्ष्य पञ्जाबले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो । जोनी बेयरस्टोले ३० बलमा ७ चौका र १ छक्कासहित ४६, प्रभशिम्रन सिंह १३, शशांक सिंह २५, साम करन २६ र राइली रोसोऊले २३ बलमा ५ चौका र २ छक्कासहित ४३ रन बनाए । चेन्नाइका शार्दुल ठाकुर, रिचर्ड ग्लासेन, शिवम दुबेले १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली चेन्नाइले २० ओभरमा ७ विकेट गुमाउँदै १६२ रन बनायो । चेन्नाइका कप्तान ऋतुराज गायकवाडले ४८ बलमा ५ चौका र २ छक्कासहित ६२ रनमा आउट भए ।

अजिंक्या रहाणे २९, समिर रिज्वी २१, मोईन ओली १५ र महेन्द्रसिंह धोनी १४ रनमा आउट भए । पञ्जाबका दुई स्पिनर राहुल चाहर र हरप्रीत ब्रारले २/२ विकेट लिए । कागिसो रबाडा र अर्शदीप सिंहले १/१ विकेट लिए ।

चेन्नाइ १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ चौथो स्थानमा छ । पञ्जाब १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ सातौं स्थानमा छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.