Khabar Board
Flash logo up side
flash header

आईपीएलमा आज : खेल जितेर छनोट हुने राजस्थानलाई अवसर

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) को १७ औँ सिजनको ५० औँ खेलमा आज सनराइजर्स हैदराबादले राजस्थान रोयल्सको सामना गर्दैछ । खेल बेलुका ७ः४५ बजेदेखि हैदराबादको घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हुनेछ ।

यो सिजन हैदराबाद र राजस्थानबिचको पहिलो खेल हुनेछ । आज दुवै टोलीको यो सिजनको १० औँ खेल हुनेछ । राजस्थान अन्तिम ९ मध्ये ८ जित हात पार्दै १६ अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । उता, हैदराबाद ९ मध्ये ५ जित हात पार्दै १० अङ्कसहित पाँचौँ स्थानमा छ ।

यातायात कार्यालय हेटौँडा

हेड टु हेडमा बराबर

हैदराबाद र राजस्थान हेड टु हेडमा बराबरीमा छन् । यी दुई टोलीबिच हालसम्म कूल १८ आईपीएल खेल भएका छन् । ९ खेलमा हैदराबाद र ९ खेलमा राजस्थान विजयी भएको थियो । दुई टोलीबिच हैदराबादमा कुल ४ खेल खेलिएको ५ । जसमा हैदराबादले ३ खेल जितेको छ भने राजस्थानले १ खेल जितेको छ ।

हैदराबादका लागि हेडको सर्वाधिक रन

हैदराबाद ब्याटिङमा ट्राभिस हेड, अभिषेक शर्मा र हेनरिक क्लासेनमा धेरै निर्भर छ। टोलीका लागि हेडले सर्वाधिक ३३८ रन बनाएका छन् । उनले ८ खेलमा शतकसमेत बनाएका छन् । एडेन म्याक्रामले भने ९ खेलमा १९९ रन मात्र बनाउन सकेका छन् । टी नटराजनले सर्वाधिक १३ विकेट लिए ।

राजस्थानका लागि सामसन सफल

राजस्थानमा जोस बटलर, यशस्वी जैसवाल, रियान पराग र कप्तान सञ्जु सामसन जस्ता इनफार्म ब्याट्सम्यान छन् । शिमरोन हेटमायर र रोभम्यान पावेलका अलावा ध्रुव जुरेलले पनि रन बनाएका छन् ।

बलिङमा युजभेन्द्र चहल, ट्रेन्ट बोल्ट, आवेश खान र सन्दीप शर्माले राम्रो प्रदर्शन गरिरहेका छन् । कप्तान सञ्जु सामसनले सर्वाधिक ३८५ रन बनाए भने चहलले सर्वाधिक १३ विकेट लिएका छन् ।

सम्भावित प्लेइङ ११ :

सनराइजर्स हैदराबाद: प्याट कमिन्स (कप्तान), अभिषेक शर्मा, ट्राभिस हेड, एडेन मार्कराम, हेनरिक क्लासेन (विकेटकिपर), नितिश कुमार रेड्डी, अब्दुल समद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी नटराजन र जयदेव उनाडकट।

इम्प्याक्ट प्लेयर : उमरान मलिक।

राजस्थान रोयल्स: सञ्जु सैमसन (कप्तान र विकेटकिपर), यशस्वी जैसवाल, जोस बटलर, ध्रुव जुरेल, शिमरोन हेटमायर, रोभमान पावेल, रविचन्द्रन अश्विन, आवेश खान, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजवेन्द्र चहल।

इम्प्याक्ट प्लेयर : रियान पराग।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.