Khabar Board
Flash logo up side
flash header

नेपालले टस हार्‍यो, प्लेइङ–११ मा ८ खेलाडी परिवर्तन

काठमाडौं । नेपालले चौथो टी २० खेलमा वेस्टइन्डिजसँग टस हारेर पहिला फिल्डिङको निम्तो पाएको छ । त्रिवि क्रिकेट मैदानमा भएको टसमा रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

विश्वकप जाने १५ सदस्सिय टोली सार्वजनिक भएपछि आज नेपाल पहिलो पटक खेल्दैछ । यस सिरिजमा नेपालले २० जना खेलाडी प्रयोग गर्दै आएको थियो ।

यातायात कार्यालय हेटौँडा

नेपालले हिजोको खेलमा हार बेहोरेको टोलीबाट ८ परिवर्तन गरेको छ ।  आज नेपालले ओपनरमा आसिफ शेख र कुशल भुर्तेललाई निरन्तरता दिएको छ। मध्यक्रममा रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी र गुलशन झा रहनेछन् । बलिङमा प्रतिश जिसी , सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी खेल्ने छन् ।

वेस्ट इन्डिजले भने हिजो जित हासिल गरेको टोलीलाई निरन्तरता दिएको छ । पाँच खेलको सिरिजको तीन खेल सकिँदा वेस्ट इन्डिजले २-१ को अग्रता लिएको छ।

नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।

दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् । हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए ।

नेपाली टोली : आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी गुलशन झा, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहोरा र ललित राजवंशी

वेस्ट इन्डिज ‘ए’ टोली : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, केसी कार्टी, जोनसन चार्ल्स, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल र हेडन वाल्स

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.