Khabar Board
Flash logo up side
flash header

सन्दीपले अझै विश्वकप खेल्ने नेपाली टोलीमा समावेश हुने सम्भावना कति ?

काठमाडौं । हिजो नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गर्यो । बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

कप्तान रोहितकुमार पौडेल नेतृत्वको १५ सदस्यीय टोलीमा स्टार स्पिनर सन्दीप लामिछाने भने छुट्न पुगे । यो अनपेक्षित थिएन, किनकि अदालतमा विचाराधीन मुद्दाका कारण उनी क्रिकेटबाट बाहिरिनु परेको थियो ।

यातायात कार्यालय हेटौँडा

लामो समयदेखि महत्त्वपूर्ण योगदान दिँदै आएका र नेपाललाई यो स्थानमा पुर्याउन भूमिका खेलेका सन्दीप विश्वकप जस्तो महत्वपूर्ण टोलीमा भने समिटिएन्न । नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याउनमा महत्त्वपूर्ण योगदान दिएका सन्दीप विश्वकपजस्तो टोलीमा नपर्दा धेरैजस्तो फ्यानहरू खिन्न भएका छन् र हुनु पनि स्वभाविक हो ।

यद्यपि, सन्दीपले टी-२० विश्वकप खेल्ने सम्भावना पूर्णरुपमा समाप्त भइसकेको भने छैन । यदि उच्च अदालतले चाँडै मुद्दाको फैसला गरेर सन्दीपलाई सफाइ दिएमा उनले अझै पनि विश्वकप खेल्न सक्ने झिनो आशा रहेको क्यानको एक स्रोतले बताएको छ  ।

टी-२० विश्वकपका लागि मुख्य टोली घोषणा गर्ने अन्तिम समय हिजोसम्म मात्रै थियो । त्यसअनुसार नेपालले पनि आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको हो । तर, यो टोलीमा हेरफेर गर्न सक्ने अवसर अझै छ । कुनै उचित कारण देखाएर मुख्य टोलीमा रहेका खेलाडीलाई रिजर्भ खेलाडीले प्रतिस्थापन गर्न सकिने आइसीसीको प्रावधानमा रहेको छ ।

नेपालले रिजर्भ खेलाडीहरूको घोषणा गरिसकेको छैन । तर, आइसीसीमा २५ जना खेलाडीहरूको नाम दर्ता गरिएको छ । ती २५ मध्ये ५ जना खेलाडीमा रिजर्भमा राख्न सकिन्छ । यदि मुख्य टोलीमा रहेको कुनै खेलाडी कुनै कारणले खेल्न नसक्ने भएमा आइसीसीसँग अनुमति लिएर २५ तारिखसम्ममा रिजर्भ खेलाडीबाट प्रतिस्थापन गर्नुपर्छ । सन्दीपलाई टिममा राख्न सकिने झिनो आशा भनेको यही मात्रै हो ।

यस्तै उच्च अदालतमा विचाराधीन मुद्दामा सन्दीपको अर्को सुनवाइ वैशाख २३ गते आइतबारलाई तोकिएको छ । यसअघिका तीन वटा सुनवाइ  स्थगित भएका थिए । यदि आइतबार सुनवाइ सुरु भयो भने एक-दुई दिनमा नै फैसला आउन सक्छ ।

यदि उच्चले जिल्ला अदालतको फैसला सन्दीपलाई सफाइ दियो भने उनले विश्वकप खेल्ने ढोका खुल्न सक्ने छ । तर, यदि उच्चले पनि सन्दीपलाई दोषी ठहर्‍यायो भने चाहिँ उनका सबै ढोकाहरू बन्द हुनेछन् ।

विश्वकप खेल्ने नेपाली टोली : रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अभिनास बोहरा, सागर ढकाल, कमलसिंह ऐरी।

टी-२० विश्वकप २०२४ मा नेपाल समूह ‘डी’ मा रहेको छ। समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलहरु जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

विश्वकपको समूह चरणका खेल जुन १ देखि १८ सम्म हुनेछन्। त्यसपछि १९ देखि २४ जुनसम्म सुपर-८ हुनेछ। सेमिफाइनल २६ र २७ जुनमा हुनेछ भने फाइनल २९ जुनमा हुनेछ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.