Khabar Board
Flash logo up side
flash header

कोरी एन्डरसनलाई समेट्दै अमेरिकाले घोषणा गर्‍याे टी–२० विश्वकप टोली

काठमाडौँ । घरेलु टोली अमेरिकाले विश्वकप टोलीको घोषणा गरेको छ। सह–आयोजक रहेको अमेरिकाले टोलीमा न्युजिल्यान्डका पूर्व स्टार खेलाडी कोरी एन्डरसनलाई समेट्दै टिमको घोषणा गरेको हो। एन्डरसनले न्युजिल्यान्डबाट २०१५ एक दिवसीय विश्वकप खेलेका थिए।

सन् २०१८ सम्म न्युजिल्यान्डबाट खेलेका एन्डरसन ६ वर्षपछि क्रिकेटमा फर्किएका हुन्। न्युजिल्यान्डका उत्कृष्ट अलराउन्डर रहेका एन्डरसन चोटका कारण न्युजिल्यान्डको टोलीबाट बाहिरिएसँगै उनले न्युजिल्यान्डको टिममा पुनरागमन गर्न सकेका थिएनन्।

यातायात कार्यालय हेटौँडा

सन् २०१३ मा न्युजिल्यान्डको टोलीमा डेब्यू गरेका उनले ३१ टी–२० आई, १३ टेस्ट र ४९ एक दिवसीय खेल खेलेका छन्। २०१५ मा न्युजिल्यान्ड विश्वकपको फाइनल पुग्दा एन्डरसन टोलीका सदस्य थिए।

अमेरिकाले विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलको कप्तानी विश्वकप टोलीको घोषणा गरेको हो। हालै अमेरिकाले टी–२० सिरिजमा क्यानडालाई ४–० ले हराएको थियो।

घरेलु टोलीले यही २ जुनमा विश्वकपको उद्घाटन खेलमा क्यानडासँग खेल्नेछ। समूह ‘ए’ मा अमेरिका र क्यानडासँगै भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन्।

अमेरिकी टोली: मोनांक पटेल (कप्तान), आरोन जोन्स (उपकप्तान), एन्ड्रिज गौस, कोरी एन्डरसन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नोष्टुश केन्जिगे, सौरभ नेत्रलोकर

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.