Khabar Board
Flash logo up side
flash header

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाललाई पहिलो सफलता, कप्तान रोहितको उत्कृष्ट क्याच

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ । टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ वेस्ट इन्डिज ‘ए’ले २१ रन जोड्दा पहिलो विकेट गुमाएको हो ।

दोस्रो ओभरको चौथो बलमा सागर ढकालले वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सलाई ५ रनमा आउट गरेका हुन् । उनको नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट वान ह्यान्डेड क्याच लिएका हुन् ।

यातायात कार्यालय हेटौँडा

खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । वेस्ट इन्डिजले ३–१ ले शृङख्ला आफ्नो पक्षमा पारिसकेको छ ।

पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो । दोस्रो खेलमा १० रनले हारेको नेपालमा तेस्रो खेल ७६ रनले पराजित भयो । चौथो खेलमा घरेलु टोली २८ रनले स्तब्ध बन्न पुग्यो ।

नेपालको प्लेईङ-११ ; रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

वेस्ट इन्डिज ‘ए’ प्लेईङ-११ : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, जोनसन चार्ल्स, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, हेडन वाल्स, मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.