नेपाललाई तेस्रो सफलता, सागरलाई लगातार विकेट

Image

काठमाडौँ । मैत्रीपूर्ण टी–२० शृङ्खला अन्तर्गत अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । सागर ढकालले नै आफ्नो तेस्रो विकेटका रुपमा ११ रन बनाएका मार्क दयाललाई आउट गरेका हुन् ।

खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । टोलीले ७.४ ओभरमा ३ विकेटको क्षतिमा ६१ रन बनाएको छ ।

वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो । दोस्रो खेलमा १० रनले हारेको नेपालमा तेस्रो खेल ७६ रनले पराजित भयो । चौथो खेलमा घरेलु टोली २८ रनले स्तब्ध बन्न पुग्यो ।

नेपालको प्लेईङ-११ ; रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

वेस्ट इन्डिज ‘ए’ प्लेईङ-११ : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, जोनसन चार्ल्स, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, हेडन वाल्स, मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन