Khabar Board
Flash logo up side
flash header

नेपालले तेस्रो विकेट गुमायो, अनिल आउट

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’सँगको पाँचौँ खेलमा अर्धशतक बनाएका अनिल साहलाई नेपालले तेस्रो विकेटका रूपमा गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट अनिलले ४१ बलमा अर्धशतक बनाएका थिए । अर्धशतक बनाउने क्रममा अनिलले चार चौका र तीन छक्का प्रहार गरे । तर, यसपछि चार बल खेलेका अनिल एक छक्कासहित आठ रन थपेर आउट भएका हुन् ।

यातायात कार्यालय हेटौँडा

यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो ।

शृंखलाका यसअघि चारमध्ये तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज प्रतियोगिताको च्याम्पियन बनिसकेको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । त्यसपछि वेस्ट इन्डिजले १०, ७६ र २८ रनको जित निकालेको थियो ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.