Khabar Board
Flash logo up side
flash header

वेस्ट इन्डिज `ए´ विरुद्ध आसिफ शेखको उत्कृष्ट अर्धशतक

Nirbachan m

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको मैत्रीपूर्ण टी–२० शृङ्खलामा आशिफ शेखले अर्धशतक पूरा गरेका छन् । उनले ३३ बलमा ५१ रन बनाएर खेलिरहेका छन् । उनले यस क्रममा २ चौका र ५ छक्का हिर्काएका छन् ।

Center article

अन्तिम खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको हो । त्यसअघि वेस्ट इन्डिजका लागि एलिक आथान्जेले सर्वाधिक ४२ रन बनाए । उनले २९ बलमा १ चौका र ३ छक्का हिर्काए । कप्तान रोस्ट चेसले २३ बलमा ३३ रन बनाए । त्यस्तै, ओपनर जोनसन चार्ल्सले २० बलमा २४ रन तथा म्याथ्यु फोर्डेले १२ बलमा २३ रनको योगदान दिए ।

नेपालका लागि सोमपाल कामी र सागर ढकालले शानदार बलिङ गरे । सोमपालले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट लिए भने सागरले २ ओभरमा १७ रन खर्चदै ३ विकेट हात पारे ।

वेस्ट इन्डिजले ३–१ ले शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेल नेपालले ४ विकेटले जितेको थियो । त्यसपछि भने नेपालले लगातार तीन खेल गुमाउन पुग्यो ।

दोस्रो खेलमा १० रनले हारेको नेपालमा तेस्रो खेल ७६ रनले पराजित भयो । चौथो खेलमा घरेलु टोली २८ रनले स्तब्ध बन्न पुग्यो ।

नेपालको प्लेईङ-११ ; रोहितकुमार पौडल (कप्तान), आशिफ शेख, कुशल मल्ल, कुशल भुर्तेल, अनिल शाह, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा ।

वेस्ट इन्डिज ‘ए’ प्लेईङ-११ : रोस्टन चेज (कप्तान), एलिक अथान्जे (उपकप्तान), फाबिएन एलेन, जोनसन चार्ल्स, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, हेडन वाल्स, मार्क डेयाल, जोशुवा विशप र कडिम अलेइन

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.