Khabar Board
Flash logo up side
flash header

वेस्ट इन्डिज `ए´ विरुद्ध अनिलले पनि बनाए अर्धशतक

काठमाडौँ । वेस्ट इन्डिज ‘ए’सँगको पाँचौँ खेलमा नेपालका अनिल साहले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट अनिलले ४१ बलमा अर्धशतक बनाएका हुन् । अर्धशतक बनाउने क्रममा अनिलले चार चौका र तीन छक्का प्रहार गरे ।

यातायात कार्यालय हेटौँडा

जारी खेलको १५.१ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर १२७ रन बनाएको छ । यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएको थियो ।

शृंखलाका यसअघि चारमध्ये तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज प्रतियोगिताको च्याम्पियन बनिसकेको छ । पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । त्यसपछि वेस्ट इन्डिजले १०, ७६ र २८ रनको जित निकालेको थियो ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.