Khabar Board
Flash logo up side
flash header

नेपाल र वेस्ट इन्डिज ‘ए’ को श्रृंखलामा प्लेयर अफ दि सिरिज बनेपछि यस्तो भन्छन् रोहित

काठमाडौं । वेस्ट इण्डिजको ए टिम विरूद्धको सिरिजमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज बनेका छन्। शनिबार सकिएको पाँच खेलको सिरिजमा कप्तान पौडेल प्लेयर अफ दि सिरिज बनेका हुन्।

उनले पुरस्कारस्वरूप ट्रफी र २५ हजार रूपैयाँ प्रात गरेका छन्। रोहितले सिरिजका पाँचमध्ये चार खेल खेले। आज मैदान प्रवेश गरेपनि ब्याटिङ गर्न पाएनन्। एक खेलमा उनी बेञ्चमा थिए। तीबाहेक तीन वटै खेलमा रोहितले उत्कृष्ट ब्याटिङ गरे।

यातायात कार्यालय हेटौँडा

उनले पहिलो खेलमा शतक (११२ रन), दोस्रो खेलमा अर्धशतक (७१) र चौथो खेलमा अर्धशतक (८२ रन) प्रहार गरे। उनी तेस्रो खेलमा भने टिममा थिएनन्।

कप्तान पौडेलले व्यक्तिगत प्रदर्शनबाट सन्तुष्ट भएपनि टिमको प्रदर्शन सन्तोषजनक नभएको बताए। ‘मेरो प्रदर्शनबाट खुशी छु तर टिमको रूपमा हेर्दा हामीले अझै राम्रो गर्न सक्थ्यौं,’ उनले भने।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.