आईपिएलको यो सिजनमा यी हुन सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी, कसले कति छक्का प्रहार गरे ?

Image

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल जारी छ। प्लेअफ लडाइँ जारी रहँदा धेरै टिमले कुल १४ मध्ये १२ वटा खेल खेलिसकेका छन्। अहिलेसम्म ११ सय ५ वटा छक्का र १९ सय १३ वटा चौका प्रहार भएका छन्।

सनराइजर्स हैदरावादका अभिषेक शर्माले सबैभन्दा बढी ३५ वटा छक्का प्रहार गरेका छन्। उनले १२ खेलमा दुई अर्धशतक बनाउँदा अहिलेसम्म सबैभन्दा बढी छक्का प्रहार गरेका हुन्।

रोयल च्यालेन्जर्स बंग्लोरु (आरसिबी)का विराट कोहली सबैभन्दा धेरै छक्का प्रहार गर्ने खेलाडीको सूचीमा दोस्रो नम्बरमा छन्। १३ खेल खेलेका उनले ३३ वटा छक्का प्रहार गर्दा एउटा शतक र पाँच अर्धशतक बनाएका छन्। Virat Kohli brought up his half-century off 32 balls, Punjab Kings vs Royal Challengers Bengaluru, IPL 2024, Dharamsala, May 9, 2024

कोलकाता नाइट राइडर्सका सुनिल नारायन ३२ वटा छक्का प्रहार गर्दै यो सूचीमा तेस्रो नम्बरमा छन्। १२ खेल खेलेका उनले एक शतक र तीन अर्धशतक बनाउँदा ३२ वटा छक्का प्रहार गरेका हुन्।

Sunil Narine raises his first T20 hundred, Kolkata Knight Riders vs Rajasthan Royals, IPL 2024, Kolkata, April 16, 2024

सनराइजर्स हैदरावादका ट्रेभिस हेड, हैदरावादकै हेनरिक क्यालसन र राजस्थान रोयल्सका रियान परागले समान ३१-३१ वटा छक्का प्रहार गरेका छन्। रनरेटको आधारमा ११ खेलमात्र खेलेका हेड अगाडि छन्।

दिल्ली क्यापिटल्सका जेक फ्रेजर म्याकगुक र चेन्नई सुपर किंग्सका शिवम दुवेले समान २८-२८ वटा छक्का प्रहार गरेका छन्। दिल्लीका फ्रेजरले मात्र ८ खेलमा २८ छक्का प्रहार गर्दा चार अर्धशतक बनाएका छन्। दुवेले भने १३ खेलमा २८ छक्का प्रहार गर्दा तीन अर्धशतक बनाएका छन्। Travis Head celebrates after SRH's ten-wicket win, Sunrisers Hyderabad vs Lucknow Super Giants, IPL 2024, Hyderabad, May 8, 2024

आरसिबीका रजत पाटीदारले २७ वटा छक्का प्रहार गरेका छन्। १३ खेल खेलेका उनले पाँच वटा अर्धशतक बनाउँदा २७ वटा छक्का प्रहार गरेका हुन्। दिल्ली क्यापिटल्सका ऋषभ पन्तले १२ खेलमा २५ वटा छक्का प्रहार गर्दा तीन अर्धशतक बनाएका छन्।

निकोलस पुरन र फिलिप साल्टले २४-२४ वटा छक्का प्रहार गर्दा ट्रिस्टन स्टब्सले २२, दिनेश कात्तिक र शशांक सिंहले समान २१-२१ वटा छक्का प्रहार गरेका छन्।

रोहित शर्मा २०, तिलक बर्मा १९, विलियम ज्याक्स, सूर्यकुमार यादव र रितुराज गायकवाडले समान १८-१८ वटा छक्का प्रहार गरेका छन्।

नितिशकुमार रेड्डी र फाप्लु डि प्यालेसिसले १७-१७ वटा छक्का प्रहार गरेका छन् भने आन्द्रे रसेल, प्रभ शिमरन सिंह, केएल राहुल, शाही सुदर्शन, मार्कस स्टोनिस, इशान किसनसहित ६ ब्याट्सम्यानले समान १६-१६ वटा छक्का प्रहार गरेका छन्।

टिम डेभिड र शुभमन गिलले समान १५-१५ छक्का प्रहार गर्दा आशुतोष शर्मा र जोनाथन बेयरस्टोले समान १४-१४ वटा छक्का प्रहार गरेका छन्।

MS Dhoni hit three sixes off his first three balls, Mumbai Indians vs Chennai Super Kings, IPL 2024, Mumbai, April 14, 2024

यशस्वी जैसवालले १३ छक्का प्रहार गर्दा रामदीप सिंह, महेन्द्रसिंह ध्वनी, जोस बटलर, वैंकटेश अय्यरले समान १२-१२ वटा छक्का प्रहार गरेका छन्। शाहवाज अहमदले ११ छक्का प्रहार गर्दा शाही होप, डेबिड वार्नर, अक्षर पटेल, श्रीयर अय्यर, डेरिल मिचेल र हार्दिक पाण्डेयाले समान १०-१० वटा छक्का प्रहार गरेका छन्। ४० ब्याट्सम्यानबाहेक अन्यले भने दोहोरो अंकमा छक्का प्रहार गर्न सकेका छैनन्।