आईसीसी टी-२० विश्वकप क्रिकेटको लाइभ निःशुल्क हेर्न पाइने, यस्तो छ लाईभ हेर्ने तरिका

Image

काठमाडौं । टी–२० विश्वकप क्रिकेटको लाइभ अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) को टीभीमार्फत निःशुल्क हेर्न सकिने भएको छ । आगामी १ जुनदेखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसीसी टी–२० विश्वकप २०२४ मा नेपालले पनि खेल्दैछ । नेपाल दश वर्षपछि टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न लागेको हो ।

नेपाल सम्मिलित उक्त खेलको प्रत्यक्ष प्रसारण आईसीसीले आफ्नो आधिकारिक वेब टीभीमार्फत निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । यसका लागि आईसीसीको आधिकारिक वेब पेज अथवा मोबाइल एपमा उपलब्ध टीभीमार्फत हेर्न सकिने आईसीसीले जनाएको छ ।

नेपाल टी–२० विश्वकप २०२४ मा नेपाल समूह डी मा छ । नेपाल रहेको समूहमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् । विश्वकपमा नेपालको पहिलो खेल ४ जुन अर्थात जेठ २२ मंगलबारको दिन नेदरल्यान्ड्ससँग हुनेछ । यो खेल नेपाली समयअनुसार बेलुका सवा ९ मा अमेरिकाको डालसमा हुनेछ । विश्वकपको दोस्रो खेलमा नेपालले १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ । दोस्रो खेलमा श्रीलंकासँग खेल्ने नेपालको यस खेल नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

दोस्रो खेल पछि आफ्नो बाँकी दुई खेलका लागि नेपाल वेस्ट इन्डिज जानेछ । वेस्ट इन्डिजमा १५ जुन अर्थात असार १ मा दक्षिण अफ्रिकासँग खेल्नेछ । यस खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ । खेल सेन्ट भिन्सेन्टमा हुनेछ । विश्वकपको समूह चरणको चौथो तथा अन्तिम खेलमा १७ जुन अर्थात असार ३ मा बंगलादेशसँग सेन्ट भिन्सेन्टमा नै खेल्नेछ । यो खेल पनि नेपाली समयअनुसार बिहान सवा ५ मा हुनेछ ।

विश्वकप खेल्ने नेपाली टोली : रोहित पौडेल, आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल, कमल सिंह ऐरी