काठमाडौं । नवौँ संस्करणको आइसिसी टी–२० विश्वकप खेल्नका लागि हाल क्यारेबियन देश सेन्ट भिन्सेन्टमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार (आज) दोस्रो अभ्यास खेल खेल्दैछ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार बिहीबार राति ८ः१५ देखि पार्कहिल प्लेयङ फिल्डको मैदानमा सुरु हुनेछ ।
तीन खेलको सिरिजमा नेपाल १-० को अघि छ । मंगलबार भएको पहिलो टी-२० अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजलाई ४ विकेटले हरायो । उक्त खेलमा कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । नेपालका लागि ओपनर कुशल भुर्तेलले ७० रन र दीपेन्द्रले ५२ तथा सोमपालले ३२ रन जोडे,आशिफ शेखले भने २६ रन बनाए।
एक समय १४.२ ओेभरमा ११८/६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागि सोमपाल र दीपेन्द्रले ९७ रनको आक्रामक जित दिलाएका थिए । अन्तिम २ ओभरमा ३८ रन चाहिंदा दीपेन्द्र र सोमपालले आक्रामक ब्याटिङका साथ जित पक्का गरे । जितका लागि अन्तिम दुई ओभरमा नेपाललाई ३८ रन आवश्यक थियो । त्यस अवस्थामा दीपेन्द्रले अघिल्लो ओभरमा चार छक्का मद्दतमा २६ रन थपेर खेललाई सहज अवस्थामा फर्काए । र, अन्तिम ओभरको तीन बलमा सोमपालले एक छक्का, २ रन र एक चौका प्रहार गरेपछि नेपाल तीन बल बाँकी हुँदै लक्ष्य भेटाउन सफल भयो । नेपालका अन्य ब्याटर अनिलकुमार साह, रोहित पौडेल, सन्दीप जोरा र गुलशन झा सस्तैमा आउट भए ।
त्यसअघि पार्क हिल प्लेइङ फिल्डमा टस हारेर ब्याटिङ गरेको भोलक्यानोजले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । नेपालका रोहित पौडेलले तीन र प्रतिश जिसीले एक विकेट लिए थिए । आज नेपाल आज एक खेलअगावै सिरिज जित चाहन्छ।
दोस्रो खेलमा नेपालले आज प्लेइङ ११ मा तिन खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ । आज अनिल कुमार शाह, करण केसी र सागर ढकाल लाई विश्राम दिएर कुशल मल्ल, अविनाश बोहोरा र ललित नारायण राजवंशीलाई मौका दिने सम्भावना रहेको छ ।
नेपाल र विनवार्ड्सबीचको तेस्रो खेल शनिबार खेल्ने छ । सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स मा नेपालले विश्वकपको दुई खेल खेल्दैछ । आज, १६ र १८ मेमा अभ्यास खेलसंगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।
२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।
नेपालको सम्भावित प्लेइङ ११ : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, अविनाश बोहोरा, प्रतिश जिसी, ललित नारायण राजवंशी

















