नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने (तालीका-सहित)

Image

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका सार्वजनिक भएको छ। विश्वकपमा १० वर्ष पछि स्थान बनाएको नेपालले वार्मअप खेलमा अमेरिका र क्यानडासँग वार्म अप खेल खेल्ने भएको छ ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले बिहीबार वार्मअप खेलको तालिका प्रकाशन गरेको हो । नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल्नेछ । पहिलो वार्मअप खेलमा २७ मेमा नेपालले क्यानडाको सामना गर्दा ३० मेमा दोस्रो वार्मअप खेलमा अमेरिकाको सामना गर्ने छ । नेपालले सोही मैदानमा नेदरल्याण्ड्स विरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ ।

नेपालको दुवै वार्मअप खेल टेक्सासमा स्थानिय समय बिहानको साढे १० मा हुनेछ । नेपाल विश्वकपमा समूह डी मा रहेको छ । नेपालले वार्मअप खेलमा प्रतिस्पर्धा गर्ने क्यानडा र अमेरिका समूह ए मा रहेका छन् ।

विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा रहेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्ध लगातार दोस्रो जित दर्ता गरेको छ । पार्क हिल मैदानमा भएको दोस्रो खेलमा नेपाल ४९ रनले विजयी भएको हो । यस्तै विन्वार्ड्स भोलक्यानोजविरुद्धको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्समा नेपालले विश्वकपको दुई खेल खेल्दैछ । १८ मेमा सेन्ट भिन्सेन्टमा अन्तिम अभ्यास खेलसँगै नेपाल मे १९ मा ह्युस्टन प्रस्थान गर्नेछ । त्यसपछि २१ मे मा टोलीले प्रशिक्षण गर्ने तालिका रहेको छ ।

२२ र २३ मे मा नेपालले ह्युस्टनको प्रेरी भ्यु क्रिकेट कम्प्लेक्समा ह्युस्टन हरिकेनसँग अभ्यास खेल खेल्नेछ । नेपालले यसअघि सन् २०२२ मा लिग-२ खेल्न जाँदा पनि सोहि स्थानमा अभ्यास खेल खेलेको थियो । नेपाल २५ मे मा डालास प्रस्थान गर्नेछ । त्यसपछि आइसीसीकै तालिका अनुसार नेपालले ग्रान्ड प्रेरि मैदानमा २ विश्वकप वार्म अप खेल खेल्नेछ ।

वार्मअप खेलतालिका

Monday 27 May
Canada v Nepal, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 10h30
Oman v Papua New Guinea, Brian Lara Cricket Academy, Trinidad and Tobago 15h00
Namibia v Uganda, Brian Lara Cricket Academy, Trinidad and Tobago 19h00

Tuesday 28 May
Sri Lanka v Netherlands, Broward County Stadium, Broward County, Florida 10h30
Bangladesh v USA, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 10h30
Australia v Namibia, Queen’s Park Oval, Trinidad and Tobago 19h00

Wednesday 29 May
South Africa intra-squad, Broward County Stadium, Broward County, Florida 10h30
Afghanistan v Oman, Queen’s Park Oval, Trinidad and Tobago 13h00

Thursday 30 May
Nepal v USA, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 10h30
Scotland v Uganda, Brian Lara Cricket Academy, Trinidad and Tobago 10h30
Netherlands v Canada, Grand Prairie Cricket Stadium, Grand Prairie, Texas 15h00
Namibia v Papua New Guinea, Brian Lara Cricket Academy, Trinidad and Tobago 15h00
West Indies v Australia, Queen’s Park Oval, Trinidad and Tobago 19h00

Friday 31 May
Ireland v Sri Lanka, Broward County Stadium, Broward County, Florida 10h30
Scotland v Afghanistan, Queen’s Park Oval, Trinidad and Tobago 10h30

Saturday 1 June
Bangladesh v India, Venue TBC USA