कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक, दुवै टिमको अंक बाँडियो

Image

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत समूह चरणको अन्तिम खेल वर्षाले अवरुद्ध भएको छ । एउटा बल पनि नफाली खेल वर्षाले अवरुद्ध भएपछि कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सले अंक बाँडेका छन् ।

गुवाहाटीमा आइतबार साँझदेखि नै अविरल वर्षा भइरहेको थियो । करिब साढे तीन घण्टा ढिलो राति १०ः३० बजे टस भएपनि वर्षाले खेल सुरु हुन सकेन । यस्तो अवस्थामा दुवै टोलीले एक–एक अङ्क पाएका छन् ।

कोलकताले भने यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो। तर राजस्थानका लागि सो खेलमा दोस्रो स्थानमा रहनका लागि जित आवश्यक थियो। दोस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने गर्दछन्। तर अंक बाँडिएपछि राजस्थानले प्लेअफमा एलिमनिेटर खेल खेल्नेछ।

यस नतिजाले हैदराबाद दोस्रो हुँदै प्लेअफमा पुग्न सफल भयो। हैदराबाद र राजस्थान दुवैको १७ अंक रहेपनि नेट रनरेटका आधारमा हैदराबाद दोस्रो हुन पुग्योे। हैदराबाद र कोलकताले मंगलबार फाइनल प्रवेशका लागि खेल्नेछन्। तेस्रो भएको राजस्थानले एलिमिनेटरमा चौथो स्थानको रोयल च्यालेनजर्स बेंगलूरु फाइनल प्रवेशका सम्भावना कायम राख्न बुधवार भिड्ने छन्।

क्वालिफायरमा हार बेहोर्ने टोलीले फाइनल पुग्ने दोस्रो मौका पाउने छ। सो मौका एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ। पहिलो क्वलिफायर खेलको विजेता टोली भने फाइनलमा प्रवेश गर्नेछ। फाइनल खेल आगामी आइतबार हुनेछ।