Khabar Board

नयाँ प्रशिक्षक स्लोट भन्छन्– लिभरपुलको जिम्मेवारी ‘बेवास्ता गर्न नसकिने’

काठमाडौं । लिभरपुलका नयाँ प्रशिक्षक अर्ने स्लोटले ‘विश्वको सबैभन्दा ठूलो क्लब’को जिम्मेवारी ‘बेवास्ता गर्न नसकिने’ बताएका छन् ।

गत अप्रिलमा तत्कालीन मुख्य प्रशिक्षक योर्गान क्लोपले सिजनको अन्त्यसँगै जिम्मेवारी छोड्ने निर्णय गरेपछि लिभरपुलले स्लोटसँग सम्झौता गरेको थियो । लिभरपुलले स्लोटलाई ९.४ मिलियन पाउन्डमा तीन वर्षे सम्झौतासहित अनुबन्ध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

फियोरेन्टिनाको जिम्मेवारीमा रहेका स्लोटले जुन १ देखि लिभरपुलको प्रशिक्षण सम्हालेछन् । “आफूले अनुभव लिएको क्लब छोड्ने निर्णय लिनु निकै कठिन थियो । तर, खेलक्षेत्रको व्यक्ति भएकाले प्रिमियर लिगमा रहेको विश्वकै उत्कृष्ट क्लबको मुख्य प्रशिक्षक बन्ने अवसर बेवास्ता गर्न नसकिने रहेछ,” स्लोटले भने ।

लिभरपुलले नौ वर्षपछि नयाँ प्रशिक्षक नियुक्त गरेको हो । यसअघिका प्रशिक्षक क्लोपले सन् २०१५ देखि २०२४ सम्म लिभरपुलको मुख्य प्रशिक्षण सम्हालेका थिए ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.