Khabar Board

युरो २०२४ पछि फुटबलबाट सन्यास लिने टोनी क्रुसको घोषणा

काठमाडौं । जर्मनीका मिडफिल्डर टोनी क्रुसले युरो २०२४ पछि व्यावसायिक फुटबल करियरबाट सन्यास लिने घोषणा गरेका छन् । मंगलबार स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले जुनदेखि सुरु हुने युरोपियन च्याम्पियनसिपपछि क्रुसले फुटबल करियरबाट सन्यास लिने जनाएको हो ।

सन् २०१४ देखि रियाल मड्रिडबाट खेल्दै आएका क्लबबाट कुल ४४३ खेल खेलेका छन् । यसक्रममा उनले रियाल मड्रिडसँगै २२ उपाधि जिते । ३४ वर्षीय रियाल मड्रिडबाट २८ गोल र ९८ असिस्ट गरेका छन् । सन् २०१४ मा जर्मनीले विश्वकपको उपाधि जित्दा क्रुस टिमका महत्त्वपूर्ण सदस्य थिए ।

उनले यसअघि सन् २०२१ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । तर, २०२४ को युरोपियन च्याम्पियनसिपअघि उनले यसै वर्ष फेब्रुअरीमा सन्यास फिर्ता लिएका थिए ।

Hetuda computer
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.