अमेरिकामा हुने नेपालको अभ्यास खेल सर्‍यो, यस्तो छ नयाँ तालिका

Image

काठमाडौँ । नेपाल र अमेरिकाको स्थानीय क्लब ह्युस्टन हरिकेन्सबीचको अभ्यास खेल सरेको छ। खेल निर्धारित मितिबाट एक दिन पछि सरेको हो। अब यी दुई टिमबीचको खेल जेठ ११ र १२ गते हुनेछ।

दुवै खेल नेपाली समयअनुसार राति ९ः४५ बजेदेखि अमेरिकाको ह्युस्टनस्थित प्रेरी भ्यु क्रिकेट कम्पलेक्समा हुनेछन्। यसअघि वेस्ट इन्डिजमा  नेपालले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको ३ खेलको शृङ्खला जितेर, नेपाल ह्युस्टन हरिकेन्सविरुद्ध दुई टी–२० खेल खेल्न अमेरिका प्रस्थान गरेको हो ।

पहिलो टी–२० खेल मे २३ र अर्को मे २४ मा हुने भनिएको खेल एक दिन सरेर मे २४ र मे २५ मा हुने भएको हो । अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेल हाम्रो खेलकुद युट्युब च्यानलबाट खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।

हुस्टन हरिकेन्ससँगको खेलपछि र विश्वकपअघि नेपाली टोलीले दुईवटा वार्मअर्प खेल पनि खेल्नेछ । नेपाली टोलीले मे २७ मा क्यानाडा र मे ३० मा आयोजक अमेरिकासँग ड्यालासमा वार्मअप म्याचमा प्रतिस्पर्धा गर्नेछ ।