Khabar Board
Flash logo up side
flash header

नेपालसँग खेल्नु अघि दक्षिण अफ्रिका वेस्ट इन्डिजसँग पराजित

Nirbachan m

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको विश्वकपमा नेपालसँगै एकै समूहमा रहेको दक्षिण अफ्रिका पराजित भएको छ ।

Center article

घरेलु टोली वेस्ट इन्डिजसँगको तीन खेलको टी-२० आई सिरिजको पहिलो खेलमा पाहुना टोली दक्षिण अफ्रिका २८ रनले पराजित भयो । यो हारसँगै वेस्ट इन्डिजले सिरिजमा १-० को अग्रता बनाएको छ ।

वेस्ट इन्डिजले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १९ दशमलब ५ ओभरमा अल आउट हुदै १ सय ४७ रन मात्र बनायो । दक्षिण अफ्रिकाका लागि ओपनर रिजा हेनरिक ५१ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८७ रन बनाए ।

म्याथु ब्रेट्जेले १३ बलमा १९ तथा कप्तान रासि भान डर डुसनले १७ बलमा १७ रन बनाए । दक्षिण अफ्रिकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । वेस्ट इन्डिजका लागि म्याथ्यु फोर्ड र गुणकेश मोटीले समान ३/३ तथा ओबेद म्याकोइले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । वेस्ट इन्डिजका लागि कप्तान ब्रान्डन किंगले ४५ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ७९ रन बनाए ।

कायल मेयर्सले ३४ तथा रोस्टन चेसले अविजित ३२ रन बनाए । पराजित दक्षिण अफ्रिका आउँदो टि-२० विश्वकपमा नेपाल रहेकै समूहमा रहेको छ । नेपाल र दक्षिण अफ्रिकाबीचको खेल जुन १५ मा हुँदैछ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.