काठमाडौँ। अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा हुने आईसीसी टी–२० विश्वकपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले १५ सदस्यीय टोली घोषणा गरेको छ। शुक्रबार बाबर आजम कप्तानीमा उत्त टोली घोषणा गरेको हो ।
बाबर आजमको कप्तानीमा सन् २०२१ र २०२२ पछि यो तेस्रो टी–२० विश्वकप हो । २०२२ को विश्वकप खेल्दाको र अहिलेको टोलीमा धेरै परिवर्तन भएको छ । २०२२ को टोलीमा रहेका ८ खेलाडीले यसपटक आफ्नो स्थान बनाउन सकेका छैनन्। यसपटक ५ नयाँ खेलाडीले पहिलो पटक विश्वकप खेल्दैछन्। चोटपछि फर्किएका बलर हरिस रउफले टोलीमा स्थान पाएका छन्।
सन् २०२२ को विश्वकप खेलेका ७ खेलाडीले भने टोलीमा आफ्नो स्थान बनाएका छन्। यसमा कप्तान बाबर आजम, मोहम्मद रिजवान, इफ्तिखार अहमद, शादाब खान, शाहीन अफ्रिदी, नसीम शाह र हरिस रउफ रहेका छन्।
योसँगै साम अयुब, फखर जमान, उस्मान खान, इमाद वासिम, अबरार अहमद, मोहम्मद आमिर र अब्बास अफ्रिदी यस वर्षको प्रतियोगिताका लागि टिममा छनोट भएका छन्। पाकिस्तानको विश्वकप टोलीमा ४ ब्याट्सम्यान, २ विकेटकिपर, ३ स्पिन अलराउन्डर, १ स्पिनर र ५ तीव्रगतिका बलर छन्। तर, यो टोलीमा रिजर्भ खेलाडी राखिएको छैन।
यो पनि : विश्वकप जित्ने प्रत्येक खेलाडीले २ करोड ७७ लाख रुपैयाँ पाउने
पाकिस्तानी टोली सन् २००७ मा शोएब मलिकको कप्तानीमा र २०२२ मा बाबर आजमको कप्तानीमा फाइनलमा पुगेको थियो। सन् २००९ मा टोलीले युनिस खानको कप्तानीमा उपाधि जितेको थियो।
सन् २०१०, २०१२ र २०२१ मा पाकिस्तान अन्तिम चारमा पुगेको थियो। पाकिस्तानले ६ जुनमा अमेरिकासँगको खेलबाट आफ्नो विश्वकप यात्रा शुरू गर्नेछ। पाकिस्तानले ९ जुनमा न्यूयोर्कमा भारतको सामना गर्नेछन्। टोलीले ११ जुनमा क्यानडा र १६ जुनमा आयरल्यान्डसँग खेल्नेछ।
विश्वकपका लागि पाकिस्तानको टोलीः बाबर आजम (कप्तान), अबरार अहमद, आजम खान, फखर जमान, हरिस रउफ, इफ्तिखार अहमद, इमाद वासिम, मोहम्मद अब्बास अफ्रिदी, मोहम्मद आमिर, मोहम्मद रिजवान, नसीम शाह, साम अयुब, शादाब खान, शाहीन शाह अफ्रिदी, उस्मान खान।
![]()













