खेलकुद मन्त्रालयकाे बढ्यो बजेट

Image

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा सरकारले युवा तथा खेलकुद क्षेत्रको बजेट बढाएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८/०८२ को राजस्व तथा व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान युवा तथा खेलकुद मन्त्रालयमा ३ अर्ब ५० करोड रुपैयाँ छुट्याएको जनाएका हुन् ।

यो आर्थिक वर्ष २०८०/०८१ को तुलनामा ६३ करोड बढी हो । यसअघि आर्थिक वर्ष २०८/०८१ मा सरकारले २ अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याएको थियो ।