यी दुई निर्माणाधीन रंगशाला राष्ट्रिय गौरवको आयोजना

Image

काठमाडौँ । सरकारले निर्माणाधीन दुई वटा खेल मैदानलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढाउने घोषणा गरेको छ ।

काठमाडौँको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र विराटनगरको गिरिजाप्रसाद कोइराला रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माण कार्य अघि बढाइने घोषणा गरेको हो ।